प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ सडकको शिलान्यास



काठमाडौं,चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एकैपटक १६५ वटा सडक शिलान्यास गरिएको छ। शनिवार एकसाथ प्रधानमन्त्री ओलीले १६५ वटा सडक शिलान्यास गरेका हुन।

उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा स्वीच दबाएर एकैपटक १६५ वटा सडकको शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रत्येक निर्वाचन क्षेत्रमा एकएक वटा सडक निर्माणको शिलान्यास गरेका हुन् । आज शिलान्यास गरेका सडकहरु सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका हुन् ।  सबै सडकहरु तीनवर्ष भित्र निर्माण भैसक्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्