नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउँदै



नुवाकोट,चैत २१ । नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउने भएकी छिन् ।

लिखु गाउँपालिकाको चौघडामा हुने रााष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा भाग लिन अभिनेत्री थापा नुवाकोट आउन लागेकी हुन् ।

उनीसँगै अधिवेशसनमा सहभागि हुन राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रमुख अतिथिको रुपमा आउने छन् ।शान्ति कुन्ज एकेडेमीमा हुने कार्यक्रममा केन्द्रिय सम्पादन समिति सदस्य रबिन चाम्लिङ लगायतको उपस्थिति हुने राप्रपा नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्