नुवाकोट थान्सिङकी १०६ वर्षीया वृद्धा ललितादेवीको जन्मदिन मनाइयो



नुवाकोट,चैत २०। जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ बितलब निवासी १ सय ६ वर्षीया वृद्धा ललितादेवी पाठकको स्थानीयले जन्मदिन मनाएका छन।

जिल्ला स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेको अगुवाइमा वृद्धा पाठकलाई खादा तथा माला लगाएर सम्मान समेत गरिएको थियो। पाण्डेका अनुसार वृद्धाको नागरिकतामा विक्रम संवत १९७६ चैत २० गते जन्म मिति उल्लेख भएतापनि वास्तविक उमेर १०६ वर्ष भैसकेको छ।

वृद्धा दैनिक नुहाएर मात्र खाना खाने गर्छिन्। उनको चार छोरामध्ये जेठा छोराको निधन भैसकेको छ। शुक्रबार वर्थडेको अवसरमा स्थानीयले १०२ वर्ष अङ्कित केक समेत काटेका छन् । जन्मदिनको अवसरमा वृद्धा पाठकले भनिन् – ‘भगवानको अनुकम्पाले यतिन्जेज बाचियो,अझै धेरै बाच्न मन छ।’

प्रतिक्रिया दिनुहोस्