आगोमा परेर बालिकाको मृत्यु



गुल्मी,चैत २० । जिल्लामा आगलागिमा परेर एक जना वालिकाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–७ वाग्ला धाराखोली निवासी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

शुक्रवार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा वनमा लागेको आगलागिमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्ला सामुदायिक वनमा लागेको आगोमा बाटोमा हिडने क्रममा आगोमा परेर जलेको प्रहरी नायव उपरिक्षक पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्