बितेको २४ घण्टामा थप १ सय ७९ संक्रमित



काठमाडौं, चैत २० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७९ जना संक्रमित थपिएका छन् ।

यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा १ सय ११  जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्