प्रधानमन्त्रीले भने- ‘अब याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउछौ।’



काठमाडौं,चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो तीन वर्ष भित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् ।

काठमाडौंमा मेलम्ची खानेपानीको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले बिक्रम संवत २०८१ कै नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउन जोड गरिने बताएका हुन ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’ यस विषयमा तत्काल खानेपानी मन्त्रालयलाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्