गुल्मीमा आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रममा बृक्षारोपण गरिने



गुल्मी,चैत २० । गुल्मीमा आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत बृक्ष रोपण गरिने भएको छ।जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा बृक्ष रोपण गरिने भएको छ ।

वन क्षेत्रमा बिभिन्न जातीका विरुवाहरु रोपण गरेर त्यसबाट आयआर्जन गर्ने उदेश्यले बृक्ष रोपण गरिने भएको हो । अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा वनमारा र झाडीले भरिएको स्थानमा बिभिन्न प्रजातीका विरुवाहरु रोपण गरेर आयआर्जन गर्न लागिएको छ ।

भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले अगररुडको विरुवा रोपण गरेर आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम सुभारम्भ गरिएको छ । बृक्ष रोपण गर्दै कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रममा बिभिन्न बृक्ष रोपण गरेर आयआर्जन बढाउनु यसको प्रमुख उदेश्य रहेको बताए ।

नयाँ कार्यक्रम रहेकाले यस प्रभाकारी ढंगले काम गर्न समितिलाई आग्रह गरे । उनले यस कार्यक्रमले स्थानीयलाई रोजगारि समेत दिने उदेश्यले समेत रहेको बताए। 

भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा ५० प्रतिशत र ५० प्रतिशत उपभोता समितिको गरि ५ लाखको लागतमा बृक्ष रोपण गरिने भालुपातल छहरा सामुदायिक वनका अध्यक्ष चोलराज शर्माले बताए । आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत दाँते ओखर ३५० वटा, अलैची ५ सय वटा, तेजपात ५ हजार वटा, अगरउड ३ सय वटा, अमृसो ७ हजार वटा, श्रीखण्ड ३ सय वटा रोपण गरिने अध्यक्ष शर्माले बताए ।

वन क्षेत्रमा विरुवा रोपण गरेर आयआर्जन बढाउने प्रमुख उदेश्य रहेको शर्माको भनाई छ । अहिले वन क्षेत्रमा रहेका बिभिन्न झाँडी तथा वनमाराहरु फडानी गर्ने कार्य गरिएको छ ।

आगामी असारसम्म विरुवा रोपण गरिने अध्यक्ष शर्माले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनी, रेसुङ्गा मुसिकोट सबडिभिजिन कार्यालय गुल्मीका प्रतिनिधी घनश्याम आचार्य, स्थानीय चन्द्रकान्त भण्डारीले यस कार्यक्रम निकै महत्वपूर्ण रहेको बताएका थिए । आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रमको सहजीकरण कृष आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्