नेपालमा थप १५२ जनामा कोरोना पुष्टि,१ जनाको मृत्यु



काठमाडौ,चैत १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससंगै हालसम्म नेपालमा २ लाख ७७ हजार ४६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना संक्रमण मुक्त भएका छन् । यो संगै २ लाख ७२ हजार ८५१ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५७९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्