तोलाको ९ सयले बढ्यो सुनको मूल्य



काठमाडौ,चैत १९ । बिहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

बिहीबार छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्