चीनबाट अनुदान स्वरुप प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने



काठमाडौं,चैत १८ । चीनबाट अनुदान स्वरुप प्राप्त कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप लगाउने मिति तय नभैसकेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।  

राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदान स्वरुप प्राप्त ८ लाख डोज कोरोना खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए । 

प्रतिक्रिया दिनुहोस्