बितेको २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण



काठमाडौँ,चैत १८ । नेपालमा बितेको २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार थपिएका १६२ संक्रमितसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ । त्यस्तै १ हजार ४ सय ९३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्