तोलामा ४ सयले घट्यो सुनको भाउ



काठमाडौ,चैत १८ । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला ८५ हजार ६ सयभन्दा रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार ८६ हजारमा छापावाल सुन प्रतितोला कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्रि भएको छ ।

त्यस्तै, बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्