भारतको सीतामढीमा भेटिए हराएका सात बालिका-किशोरी



हराएका बालिका-किशोरी

काठमाडौ,चैत १८ । घाँस काट्न जादा बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात दलित बालिका/किशोरी भारतको सीतामढीमा भेटिएका छन् ।

भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार शाहका अनुसार अहिले उनीहरु सकुशल रहेका छन् । सीतामढीमा भेटिएका उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर ल्याउने तयारी गरिएको उनले बताए ।

उनीहरुलाई नेपालबाट गएको प्रहरीको टोलीले भेटिसकेको शाहले बताए । ती बालिका तथा किशोरी सीतामढीमा भेटिएको जानकारी पाएपछि नेपाल प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहका अनुसार किन र कसरी उनीहरु सीतामढी पुगे भन्ने विषय अहिले नखुलेको र थप अनुसन्धान गरेपछि उक्त कुरा खुल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्