प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु



प्युठान,चैत १८ । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

जिल्लाको झिमरुक गाउँपालिका – ३ आरुपाटामा मंगलबार बेलुका लु ३ त १०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका २ कमिरेपानीका २९ वर्षीय झबिन्द्र सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो। थप उपचारका लागि बुटवल लैजान सिफारिस गरेपछि बुटवल तर्फ लैजाँदै गर्दा बाटैमा नै उहाँको मृत्यु भएको गैरेले जानकारी दिनुभयो । दुर्घटनामा प्रेम सामत गंभीर घाईते हुनुभएको छ। उहाको बुट्वलमा उपचार भईरहेको छ।

मच्छी बजारबाट निर्माण सामाग्री लगेर बाँदिकोट तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट तीस मिटर तल खसेको छ।
प्रहरीले ट्याक्टर चालक फरार रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्