ललितपुरमा पनि भेटियो बर्डफ्लु



काठमाडौं,चैत १८ । पछिल्लोपटक ललितपुर जिल्लाको नख्खुमा बर्डफ्लु रोगको संक्रमण देखिएको छ । ललितपुर महानगरपालिका वडा नं १४ नख्खुमा स्थानीय किसानले पालेका कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोगको संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएको क्षेत्रबाट ५ सय १६ हाँस, ८ सय ५४ स्थानीय कुखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ गोटा अन्डा र ३ सय ३५ केजी दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमणसमेत गरिएको छ । पशुसेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा चैत १३ गते बर्डफ्लु पुष्टि भएको हो ।

विभागले रोग नियन्त्रणमा लिनका लागि आफ्ना विभिन्न संयन्त्र परिचालन गरिरहेको विभागका प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिए । संक्रमण पूर्णरूपमा नियन्त्रणमा नआए पनि ठूलो मात्रामा क्षति हुने गरी नियन्त्रणभन्दा बाहिर नगएको पनि उनले दाबी गरे । ‘हामी पूर्णरूपमा प्रयासरत छौं । हाम्रो स्रोतसाधनको क्षमताअनुसार संक्रमणलाई नियन्त्रणमा नै राखेको छौं,’ उनले भने ।

गत माघ महीनामा काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलोपटक घरपालुवा हाँस र टर्कीमा बर्डप्mलुको संक्रमण देखिएको थियो । त्यसपछि सरकारले रोगको निगरानीका क्रममा देशका विभिन्न स्थानबाट नमूना संकलन गरी परीक्षण गरिरहेको छ । यसरी परीक्षण गर्ने क्रममा नै नख्खुमा संक्रमण पुिष्ट भएको विभागले जानकारी दिएको छ । ललितपुरसहित काठमाडौं, सुर्खेत र जाजरकोटमा यो रोग देखा परिसकेको छ । संक्रमण देखिएपछि त्यसलाई अन्यत्र फैृलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरू परिचालन गरिएको छ ।

विभागले रोग फैलिन नदिन पन्छीजन्य वस्तुको फार्म वरपर जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न, घरपालुवा पन्छीलाई जंगली पक्षीहरूको सम्पर्कमा आउन नदिन खुला रूपमा गरिने पक्षीपालनलाई निरुत्साहित गर्नसमेत आग्रह गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्