प्रधानमन्त्री ओलीले गरे साउनदेखि वृद्धभत्ता बढाउने घोषणा



काठमाडौं,चैत १७ ।आगामी आर्थिक वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।

ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ। यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला। कसैलाई आपत्ति लाग्छ भने लागोस्। कसैलाई निद्रा लाग्दैन भने नलागोस्।’

प्रतिक्रिया दिनुहोस्