गाउँपालिकाका अध्यक्षको निधन



कैलाली,चैत १७ । जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो।

नेकपा एमालेको तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित रावल मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनी लामो सयमदेखि रक्तचापको औषधि खाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्