सुनको मूल्य घट्यो, तोलाको कति?



काठमाडौ,चैत १७ । सुनको मूल्य नेपाली बजारमा मंगलबार ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्