रेसुङ्गा नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम



गुल्मी,चैत १६ । गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले दुई सय किशोरी(विद्यार्थी)लाई आत्मारक्षा तालीम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपीट जस्ता घटना मौलाउदै गएको बेला जिल्लाको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरी(विद्यार्थी)लाई ३ दिने आत्मारक्षा तालिम सम्पन्न गरेको हो ।

पछिल्लो समय किशोरीहरु असुरक्षित भएको समयमा उनीहरुले आफ्नो शरीरको आफै आत्म रक्षा गर्न सकुन भन्ने उदेश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा ३ दिनसम्म दिइएको तालिमको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका थिए । 

तालिमको समापन गर्दै नगरप्रमुख भुसालले किशोरी(विद्यार्थी)ले तामिलबाट धेरै कुराहरु सिकेको बताए । यस्ता खालका तालिमलाई आगामी दिनमा वडा वडामा रहेका बिद्यालयहरुमा लैजाने नगरप्रमुख भुसालले प्रतिबद्धता जनाए ।

महिला तथा किशोरीहरु माथी अझै पनि हाम्रो समाजमा धेरै घटनाहरु घटिरहेकाले त्यसको अत्यका लागि यो तालिमले धेरै कुरा सिकाएको भुसालले बताए । बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथिहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने नगरप्रमुख भुसालको भनाई छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उप्रमुख सिता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले समाजमा महिलामाथि हुने थिचोमिचोलाई कसरी सामना गरेर आत्मविश्वासका साथ अघि बढ्ने भन्ने विषयमा उत्प्रेरित गरेको बताए । सामाजिक रूपमा मौलाएको कुरीति, अन्धविश्वासलाई चिर्न पनि महिला, किशोरीलाई विद्यालयस्तरबाट आत्मरक्षा तालिमको आबश्यकता रहेको उनको भनाई थियो ।

तालिमबाट कसरी नदेखिने गरी हिंसा हुन्छ भन्ने कुरालाई गहिरिएर बुझ्ने अबसर पाएको किशोरी(विद्यार्थी)हरुको भनाई थियो । यो तालिमलाई वडास्तरमा भएका बिद्यालयहरुमा लैजानका लागि नगरप्रमुखलाई सहभागिहरु चिठ्ठी समेत दिएका थिए ।

आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गराएको सहभागिहरुको भनाई थियो । किशोरी विद्यार्थीहरूले तालिममा सिकेका ज्ञानको बारेमा छोटो–छोटो प्रस्तुति प्रदर्शन समेत गरेका थिए ।

तालिममा काठमाडौंबाट आएका २ जना प्रर्शिक्षक निरज न्यौपाने र बिध्या बिष्टले बढ्दो बलात्कार र यौन र्दुव्यवहारको घटनाबाट बच्नका लागि विभिन्न शारीरिक अभ्यास सिकाइएको छ ।

सुरुवाती चरणमा आक्रमण कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइएको थियो । शारीक र मानसिक रुपमा कसैले आक्रमण गर्ने खोजेमा महिलाहरु अब डराएर बस्नु पर्ने बाध्यताको अत्य तालिमले सिकाएको रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कल्पना पाण्डेले बताइन ।
उनले किशोरीलाई आत्मरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने बताइन । यो समाजले पनि महिला तिमी कमजोर हौ भन्ने सोचलाई बदल्न महिलाको आत्मबल बढाउन यो कार्यक्रमको उद्देश्य रहेको छ ।
किशोरी आत्म रक्षा तालिममा नगरका १४ वटा वडाका माध्यामिक विद्यालयबाट तालिममा ७२ जना किशोरीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्