थप १ सय ४१ जनामा कोरोना संक्रमण



काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमै ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ६ सय १२  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्