काठमाडौ आइपुग्यो चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप



काठमाडौँ,चैत १६ । चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप काठमाडौ आइपुगेको छ। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज  कोरोना खोप सोमबार काठमाडौं आइपुगेको हो । उक्त खोप चिनियाँ राजदूत हउ यान्छीले सोमबार बिहान त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमानले खोप काठमाडौं ल्याएको हो । खोप लिन एयरलाइन्सको जहाज आइतबार साँझ चीन गएको थियो ।

चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्