चीनले अनुदान स्वरुप दिएको ८ लाख कोरोना खोप आज आउदै



चैत्र १६ काठमाण्डौं । चीनले नेपाललाई अनुदान स्वरुप दिन लागेको कोरोना खोप आज सोमबार काठमाण्डौ आईपुग्ने भएको छ । नेपाल वायु सेवा निगमको जहाज मार्फत यो खोप आईपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको थियो।

आज राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खोप लिएर आएको निगमको जहाज अवतरण गर्नेछ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडाँै–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्