बस र स्कुटर ठोक्किदा चितवनमा एकै परिवारका तीन जनाको मृत्यु



चितवन,चैत १४ । जिल्लामा शनिबार साँझ बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै स्कुटरमा सवार ब्यक्ति हुन ।

दुर्घटनामा भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटर र विपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बस एकआपसमा ठोक्किएर घाईते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याईए पनि उनीहरुको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्