अखिल नेपाल महिला संघ नुवाकोटको भेला सम्पन्न



नुवाकोट,चैत १४ । जिल्लास्थित अखिल नेपाल महिला संघ नुवाकोटको नवाैं ज़िल्ला सम्मेलन सम्पन्न भएको छ।

विदुर नगरपालिकामा भएको कार्यक्रमको प्रमुखअतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघकी केन्द्रीय सचिब सुजिता शाक्य र विशेष अतिथिहरू नेकपा एमाले प्रदेश कमिटिका सचिवालय सदस्य तथा बागमती प्रदेश नेकपा एमाले प्रमुख सचेतक केशबराज पाण्डे,नेकपा एमाले नुवाकाेटका अध्यक्ष तथा बागमती प्रदेश सांसद बद्री मैनाली रहेका थिए ।

त्यस्तै कार्यक्रममा अखिल नेपाल महिला संघ वाग्मती प्रदेश सचिव तथा वाग्मती प्रदेश सांसद सरस्वती बस्नेत ,अनेमसंघ केन्द्रीय सचिवालय सदस्य बिन्दा ढुङ्गाना रहेका थिए। अन्य अतिथिहरू नेकपा एमालेका जिल्ला नेताहरू काशीराज अधिकारी,माधब पाण्डे,दिपक कार्की ,अरूण कुमार श्रेष्ठ,नवीन प्रधान ,पशुपति काेईराला नमराज तिवारी,राजु तिवारी,बिमला कार्कि थपलिया,नुवाकाेट राष्ट्रिय युवासंघ संयाेजक प्रज्वल सापकाेटा,अनेरास्वियुका केन्द्रीय सदस्य बिष्णु दाहाल,जिल्ला संयाेजक सत्य श्री रिमाल लगायत अन्य अतिथिहरूकाे उपस्थिति रहेको थियोे।

अखिल नेपाल महिला संघ नुवाकोटकी जिल्ला संयाेजक कल्पना न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संञ्चालन अनेमसंघ सचिव इन्दिरा अधिकारीले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्