नुवाकोटको पञ्चकन्यामा उद्घोषण तालिम शुरु



नुवाकोट,चैत १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सार्वजनिक अभिव्यक्ति तथा क्षमता विकासका लागि उद्घोषण तालिम शुरु भएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सार्वजनिक अभिव्यक्ति तथा क्षमता विकासका लागि कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ।

शनिबारदेखि सुरु भएको उद्घोषण कार्यक्रमको पहिलो दिन रेडियो नेपालका चर्चित प्रस्तोता नवराज लम्साल,सुदर्शन आचार्य र श्रवण शर्माले तालिमको सहजीकरण गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ,उपाध्यक्ष सीता पराजुली,प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी,वडा जनप्रतिनिधिहरु,कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको बताइएको छ। तालिम यहि १६ गते सोमबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्