नेपालमा थप ८५ जनालाई कोरोना



काठमाडौ,चैत १४ । नेपालमा शनिबार आज थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ९३ जना निको भएर फर्किएका छन्।

योसंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ।

नेपालमा कोरोनाको कारण ३ हजार २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्