सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गयो



दाङ,चैत १४। दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१२ को जंगलमा शुक्रवार राति यस्तो घटना भएको हो ।

घटनास्थल पुग्न तीन/चार घण्टा पैदल हिँड्नु पर्ने तथा फोन सम्पर्क समेत राम्रोसँग हुन नसकेका कारण घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनु भयो । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्