नुवाकोट विवेकशील साझाको १५ सदस्यीय कार्यसमिति गठन



नुवाकोट,चैत १४ । विवेकशील साझा नुवाकोटले आफ्नो संगठन विस्तार गरेको छ। संगठन विस्तारलाई तिव्ररूपमा अघि बढाइरहेको विवेकशील साझा पार्टी नुवाकोटले जिल्ला कार्यसमितिको संमायोजन तथा पुनर्गठन सम्पन्न गरेको हो ।

शुक्रबार नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा दामोदर नेपालको संयोजकमा १५ सदस्यीय नुवाकोट कार्य समिति बनेको हो।

समितिमा उपसंयोजक कमान सिंह लामा,सदस्यहरुमा पुर्णमानकुमार श्रेष्ठ, रामकृष्ण रिमाल गौरव, पुर्णलाल श्रेष्ठ, पवित्रा ओझा, कृष्णबहादुर खड्का, पार्वती थापा, बुद्धिबहादुर तामाङ, महेश अधिकारी, राजमान तामाङ, बिष्णु गिरी, श्रीधर न्यौपाने, रुपक कुमाल र प्रवीण थापा रहेका छन् ।

कार्यक्रममा वागमती प्रदेश संयोजक रन्जु दर्शना, उपसंयोजक सुरेन्द्रबहादुर रानाभाटलगायत केन्द्रिय नेताहरु नेताहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्