वायुप्रदुषणका कारण काठमाडौ तुवाँलोमय एयरपोर्ट बन्द
काठमाडौ,चैत १३ । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा तुवाँलोमय बनेको छ । शुक्रबार बिहानैदेखि घाम लागेको छैन् भने कतैबाट पनि हावा चलेको छैन । मौसदविद्हरुका अनुसार खडेरीका कारण हावा सुख्खा भएको र हावाले धुवाँ र धुलो काठमाडौं उपत्यकामा ल्याएका कारण उपत्यकामा प्रदुषण बढेको हो ।
प्रदुषणका कारण घर बाहिर निस्किँदा पनि आँखा पोल्ने तथा घाँटीमा खसखस हुने समस्या भएको सर्वसाधारण भोग्नुपरेको छ । शुक्रबार काठमाडौं उपत्यकामा अत्याधिक बढेको प्रदुषण भक्तपुरमा ३०५ एक्युआई (एयर क्वालिटी इन्डेक्स), कीर्तिपुर २२१ र काठमाढौंको भैंसेपाटीमा ४७० एक्युआइ देखिएको छ ।
प्रदुषण बढेसँगै आकाशमा भिजिबिलिटी पनि कम भएको छ । जसकाराण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । सँगै अवतरण गर्ने विमानहरु पनि प्रभावित भएका छन् । विमानस्थल प्रशासनका अनुसार शुक्रबार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ ।