कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु



काठमाडौं, चैत १३ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  ३०२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा नयाँ संक्रमित भने १ सय ५६ थपिएका छन् ।

२४ घण्टा समयमा ७० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७६ हजार ६ सय ६५ संक्रमित भएपनि २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ सय ९९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २२ लाख ५६ हजार ३ सय  जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५२ जना  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्