सिन्धुपाल्चोकमा आफैले पालेको राँगाले हानेर खड्काको ज्यान गयो



सिन्धुपाल्चोक, चैत १२ । जिल्लाको पाँच पोखरी भन्ने स्थानमा राँगाले हानेर एकजनाको ज्यान गएको छ।आफैँले पालेको राँगाले हान्दा मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् ।

बीउका लागि पालेको राँगाले खड्कालाई एक्कासि आक्रमण गरेको बताइएको छ। खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने स्थानमा राँगाले एक्कासी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

राँगाको आक्रमणबाट खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको प्रहरी निरीक्षक तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्