घरमै बसेर फागु पर्व मनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटको अनुरोध



नुवाकोट,चैत १२ । कोरोना भाइरस संक्रमणको वृद्धिसंगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै बसेर फागु पर्व मनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बिहिबार एक सूचना जारी गर्दै फागु पर्व घरमै बसी परिवारका साथ मनाउन आग्रह गरेको हो।

यस वर्षको होली चैत १५ र १६ गते परेको छ। कोरोनाका कारण गत वर्ष पनि सार्वजनिक स्थलमा होली पर्व मनाउन प्रतिबन्ध लगाइएको थियो। पछिल्लो केहि दिनयता छिमेकी देशहरूमा कोरोनाको संक्रमण बढ्दै गएको छ। नेपालमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला भेला, जुलुस, सभा, सम्मेलन जस्ता भिडभाड हुने कार्यक्रमहरू नगर्न आग्रह गरेको छ।

संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी होली पर्व घरमै बसेर मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए। त्यस्तै, भिडभाड हुने कार्यक्रम नगर्न-नगराउन, भौतिक दुरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाईजर हातमा लगाउन पनि प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासनद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्