दुर्गाप्रसाद तिम्सिनाले पाए नागरिकता



काठमाडौं,चैत १२ । अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्।

तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता पाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई र प्रशासकीय अधिकृत देवीचरण फुयाँल तिम्सिनालाई नागरिकता प्रदान गरेको हो ।

कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतमा जेल जिवन बिताउँदै आएका थिए । गएको शनिबार उनी भारतको दमदम जेलबाट रिहा भएका थिए भने आइतबार इलामस्थित घर आईपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्