बलिउड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण



एजेन्सी,चैत १२। बलिउड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उनी हाल घरमै क्वारेन्टिनमा बसेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उनी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित घरमै बसेका छन् । तात्काल उनको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा छ । भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुन् ।

प्रतिक्रिया दिनुहोस्