रू. १ को ३० करोड थान सिक्का खरीद गरिँदै



काठमाडौं,चैत १२। नेपाल राष्ट्र बैंकले रू. १ को ३० करोड थान सिक्का खरीद गर्ने भएको छ । केन्द्रीय बैंकले गरेको बोलपत्रमा न्यूनतम बोल गर्ने पोल्याण्डको मेन्निका पोलस्का वार्स नामक कम्पनीसँग ५१ लाख १५ हजार रुपैयाँमा उक्त परिमाणको सिक्का खरीद सम्झौता गरेको हो ।

नयाँ सिक्का डिजाइन, टकमरी तथा आपूर्तिका लागि चैत १० गते सो कम्पनीसँग सम्झौता गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले बताएको छ ।

राष्ट्र बैंकले गत पुस २० गते उक्त परिमाणको नयाँ सिक्का डिजाइन, टकमरी तथा आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वान गरेको थियो । यसपछि प्राप्त बोलपत्रको मूल्यांकन गर्दा सबैभन्दा कम अर्थात् न्यूनतम मूल्यांकित प्रभावग्राही बोलपत्र पेश गरेकाले उक्त कम्पनीसँग खरीद सम्झौता गरिएको विभागको भनाइ छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्