बितेको २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, चैत ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  १ सय ४५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमै ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार १ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्