एमालेको कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने



काठमाडौ,चैत ११ । नेकपा एमालेको केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ । थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताउनु भयो । उहाँले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए ।

‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले पत्रकारसँग भने ।

प्रतिक्रिया दिनुहोस्