अब नेपालपनि धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर



काठमाडौं, चैत ११ । सरकारलले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ । मन्त्रालयका सहसचिव डा विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ र नेपालमा भएको उत्पादनले नै पर्याप्त रहेको बताएका छन् ।

नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको उनको भनाई छ । यसलाई पाँच हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखिएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्