सीमा नाकामा स्क्रिनिङ थालियो



विराटनगर, चैत ११। कोरोना भाइरसका नयाँ सङ्क्रमित देखापर्न थालेपछि भारतसँग सीमा जोडिएका प्रदेश १ का जिल्लाहरूको सीमा नाकामा पुनः स्क्रिनिङ सुरु गरिएको छ । भारतसँग सीमा जोडिएका प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने स्थानमा कडाइसँगै स्क्रिनिङ सुरु गरिएको हो।

मोरङमा पछिल्लो चार दिनमा मात्रै दश जना सङ्क्रमित फेला परेका छन् । प्रदेश राजधानी विराटनगर प्रवेश गर्ने सीमा नाका जोगबनीमा कडाइ गर्दै महामारी नियन्त्रणको कार्य पुनः सुरु गरिएको छ । सीमा क्षेत्रबाट प्रवेश गर्नेमा आशङ्का लागेको अवस्थामा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले सीमा क्षेत्रबाट आवत–जावतलाई पुनः कडाइ गर्ने र आशङ्का लागेको अवस्थामा परीक्षण गर्ने निर्णय गरेको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्