टोखामा एक पुरुषको शव भेटियो



काठमाडौ,चैत १० । टोखास्थित एक घरमा एक पुरुषको शव भेटिएको छ। काठमांडौको टोखास्थित कल्पना गुरुङको निर्माणाधीन घरमा एक पुरुषको मृत शरिर फेला परेको हो ।

शव माघको अन्तिम सातादेखि हराइरहेका अन्दाजी ४८ वर्षीय कृष्ण घर्तीमगरको रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उक्त शव खानेपानीको ट्ंयाकीमा फेला परेको हो । घर्तिमगर हराएको भन्दै माघको अन्तिम साता सोह्रखुट्टे प्रहरी वृत्तमा जाहेरी परेको थियो। खोजतलासका क्रममा उनी फेला परेका थिएनन्।

घर्ती सोही निर्माणाधीन घरमा प्लम्बरको काम गर्थे। तर बीचमा घर गएपछि उनी बेपत्ता भएको बताइएको छ। प्युठानको मल्लरानी गाउँपालिका ३ का घर्तिमगर सोह्रखुट्टेस्थित सरकारी धारा भन्ने ठाउँमा बस्दै आएका थिए। घटनास्थलबाट शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान भैरहेको अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

प्रतिक्रिया दिनुहोस्