प्युठानमा कृषकहरु अदुवा खेती तर्फ आकर्षित बन्दै



प्युठान,चैत १० । जिल्लाको गौमुखी गाउँपालिका – ६ लिवाङका स्थानीय कृषकहरु अदुवा खेती तर्फ आकर्षीत हुन थालेका छन।

कम लगानी र मिहिनेतबाट धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय यहाका कृषकहरु अदुवा खेतीमा लागेका हुन।

यहाको डाफ्ले टोलका ३० घर परिवारले अहिले बारीमा अदुवा लगाएका छन। बिगत केही बर्ष देखि अदुवा खेती गर्दै आउनु भएका स्थानीय पर्बत खत्रीले अहिले कृष्ण फलफुल तथा कृषि फर्म दर्ता गरि अदुवा खेती बिस्तार तर्फ लागेका छन् । उनले करिब १५ क्विन्टलको हाराहारीमा अदुवा लगाएको बताए। कृषकहरुलाई बीउ उपलब्ध गराए यहाँका स्थानीयबासीहरु पनि परम्परागत खेती छोडेर अदुवा खेती मै आकर्षित हुने उहाको भनाई छ ।

प्युठानको सरुमारानी, माण्डवि र ऐरावती गाउँपालिकामा कृषकहरुले लामो समय देखि अदुवाको ब्यबसायिक खेती गर्दै आएका छन।

प्रतिक्रिया दिनुहोस्