ट्राफिक जाम बढेको भन्दै पठाओ सञ्जालनमा रोक



काठमाडौ,चैत १० । ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने भएको छ ।

एक सूचना जारी गर्दै पठाओका कारण ट्राफिक जाम बढेको र व्यवस्थापनमा समस्या भएकोले बुधबारदेखि पठाओका सवारी चल्न नदिने बताएको छ ।

पठाओले सरकारले तोकेको न्यूनतम मूल्यमा मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन्

पठाओले तोकेको सस्तो मूल्यमै सेवा दिन थालेपछि ट्याक्सी चाकलहरु आन्दोलनमै उत्रिएका थिए । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले अबदेखि आधिकारिक रुपमा पठाओ चलाउन नदिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्