दाङमा स्कुल बस दुर्घटना हुुँदा एकको मृत्यु, १५ घाइते



दाङ,चैत १० । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको रा १ क ४३३ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डीएसपी शिवबहादुर सिंहका अनुसार मंगलबार बिहान पब्लिक ज्ञान ज्योति माविको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्