छहरे-टोखा सडक खण्ड चार लेनको बन्नुपर्छ- डाक्टर लोहनी



नुवाकोट,चैत १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले काठमाडौ- नुवाकोट आवातजावतको छोटो दुरीको मार्ग छहरे टोखा सडक खण्ड चार लेनको बनाइनुपर्ने धारणा व्यक्त गरेका छन्। सडक स्तरोन्नतिका समय वादविवाद भैरहेको बेला सोमबार पार्टीको शिवपुरी गाउँपालिका स्तरीय अधिवेशन समारोहमा बोल्दै नेता लोहनीले छहरेटोखा सडक चार लेनको बनिसकेपछि मात्र नुवाकोटले मुहार फेर्न सक्ने धारणा व्यक्त गरेका हुन्।

सडकको नारामा धेरैले जनतासंग स्वार्थको राजनीति गरेको बताउदै नेता लोहनीले विकास निर्माणका लागि पुराना पार्टी नभई विगत ३० वर्षदेखि सक्रिय युवा पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी जनतासामु लोकप्रिय बन्दै गएको बताए। आफ्नो राजनैतिक जीवनमा कुनै लोभ र क्षोभ नभएको र निरन्तर नुवाकोटका जनताको मायाले आफूलाई तानिरहेको नेता लोहनीले बताए।

नेता लोहनीले सत्तारूढ दलको भष्ट्रचारले नेपाली जनता आक्रान्त भएको बताउदै भने-‘हिजोका मिस्टर चप्पलहरु आज महल र मिस्टर साइकलहरु हवाइजहाज चढ्न बाहेक केहि गर्न सकेका छैनन्।’

गाउँपालिकाको सेरा बगरमा भएको पालिकास्तरीय अधिवेशनले अध्यक्षमा श्री नोर राज (सुदर्शन) बुढाथोकी लाई चयन गरेको छ। त्यस्तै सदस्यहरुमा श्री केशव प्रसार खनाल, अर्जुन प्रसार कडेल,राम बाबू भेटुवाल,प्रकाश पाण्डे ,खडग बहादुर उप्रेती,लाल बहादुर सुनवार,चिरञ्जीवी पाण्डे ,प्रताप तामाङ,जित पन्चाङ तामाङ ,काइली मगर,बम बहादुर तामाङ ,मान सिंह तामाङ ,अच्युत आचार्य ,श्री राम थापा,नानिमैया आचार्य,पुर्ण बहादुर डङोल,ज्ञान बहादुर बुढाथोकी,लोक बहादुर तामाङ ,लक्ष्मी थापा,तिलक बहादुर तामाङ,हरिशरण खतिवडा ,प्रेम बहादुर तामाङ ,नबराज पौडेल चयन भएका छन् ।

राप्रपाका स्थानीय नेता केसव खनालको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर लोहनी,राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य झनक प्याकुरेल, भरत प्रसाद पाठक, जनक पाठक, केन्द्रीय सदस्य नानिमैया आचार्य, राजु थापा, सुन्दर पाण्डे, जिल्ला सचिब दिपेस पाण्डे , क्षेत्रीय अध्यक्ष विमल थापा, वडा कमिटिका अध्यक्ष तोम बहादुर आचार्य, बिनोद थपलिया, लगायत नेता कार्याकर्ताले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्