दुई सिमेन्ट उद्योगमा ७३ करोड लगानी



काठमाडौं, चैत १० । नेपालका दुई प्रमुख औद्योगिक घराना गोल्छा अर्गनाइजेसन र संघाई समूहले नयाँ सिमेन्ट उद्योग स्थापना गर्ने भएका छन् । संघाई समूहले ४८ करोडको लगानीमा मोरङ सिमेन्ट उद्योग तथा गोल्छा अर्गनाइजेसन अन्र्तगतको हुलास स्टिल इन्डस्ट्रिजले २५ करोड रुपैयाँको लगानीमा हुलास सिमेन्ट उद्योग स्थापना गर्न लागेका हुन् ।

हुलास सिमेन्ट उद्योगबाट वार्षिक १ लाख २० हजार टन सिमेन्ट उत्पादन हुने बताइएको छ ।मोरङ सिमेन्टबाट अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट २२ हजार मेट्रिक टन, पोर्टल्यान्ड स्लाग सिमेन्ट ५५ हजार मेट्रिक टन वार्षिक उत्पादन गर्ने योजना रहेको बताइएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्