एक केजी चरेशसहित तीनजना पक्राउ



बाँके,चैत ९ ।  बाँकेमा एक केजी अवैध लागूऔषध चरेशसहित तीनजना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१० स्थितबाट एक केजी अवैध लागूऔषध चरेशसहित तीनजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका–११ बस्ने ३५ वर्षीय बिश्व बहादुर परियार, राप्तिसोनारी गाउँपालिका–३ बस्ने २८ वर्षीय आन्नद खड्का र सोही ठाउँ बस्ने २० वर्षीय कैलाश शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्