कोरोना संक्रमणदर बढ्यो, पछिल्लो २४ घण्टामा १५० संक्रमित थपिए



काठमाडौं, चैत ९ । नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ। बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय  ५० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्