बजेट ३ खर्ब २५ अर्बको हुने



काठमाडौं, चैत ९ । आर्थिक वर्ष ०६७र६८ को बजेट ३ खर्ब २५ अर्ब रुपैयाँको हुने अर्थमन्त्रालयले जानकारी दिएको छ । यो चालू आवको तुलनामा रु ४० अर्ब बढी हो । सरकारले जेठको तेस्रो साता ल्याउने भनेको आगामी आवको बजेट उक्त समयमा नआउने भएको छ ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेले जेठ तेस्रो साता बजेट ल्याउने तयारी गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका थिए । सरकार परिवर्तनको सम्भावना रहेकाले यो महिना बजेट नआउने देखिएको हो । यसअघिका सरकारहरूले सामान्यतया असारको अन्तिम वा साउनको पहिलो हप्ता बजेट सार्वजनिक गर्दै आएका थिए ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार बजेट निर्माणमा मन्त्रालय सक्रिय रहे पनि सरकार परिवर्तन भएपछि कार्यक्रमसमेत परिवर्तन हुने भएकाले जेठमा बजेट आउने सम्भावना छैन ।

‘राजनीतिक अन्योलको प्रभाव बजेटमा देखिन सक्छ’ नयाँ बजेटको तयारीमा व्यस्त रहेका मन्त्रालयका अधिकारीहरूले अभियानसँग भने । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यका अनुसार मन्त्रालयले बजेटको तयारी पूरा गरे पनि राजनीतिक वातावरणले जेठमा नआउने सम्भवना रहेको बताइएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्