सभा, जुलुस नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौं,चैत ८ । पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् ।  विज्ञप्तिमा छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । त्यस्तै मन्त्रालयले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भनेको छ भने कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरिएको छ ।

विज्ञप्ति हेर्नुस्

प्रतिक्रिया दिनुहोस्