बितेको २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण



काठमाडौं, चैत ८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमै १०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ९ सय २१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्